Logo

वर्खास्त डिन शर्मालाई पदमा फर्कन सर्वोच्चको आदेश



काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम )का बर्खास्त डिन शशी शर्मालाई पदमा फर्कन आदेश दिएको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आज रिट जारी गर्दै निर्देशनात्मक आदेश गरेको हो। कार्यकाल सकिन ६ दिन बाँकी रहेको बेला सर्वोच्चको आदेशसँगै शर्मा पुनःवहाली हुन पाउने भएका हुन्।

चारवर्षअघि मन्त्रिपरिषदका तत्कालीन अध्यक्ष खिलराज रेग्मी सहितको मन्त्रीपरिषद् वैठकले २४ घन्टे अल्मिेटम दिएपछि शर्मालाई हटाइएको थियो। २०७० माघ ८ मा डिनबाट बर्खास्त भएपछि शर्मा फागुन १ मा सर्वोच्च पुगेका थिए।



प्रतिक्रिया दिनुहोस्