Logo

सरकारले जनादेश दराजमा थन्काएर राखेको एमाले नेता नेम्वाङ्गको आरोप



पुस २३, काठमाण्डौ । पूर्वसभामुख सुवास नेम्वाङ्गले अब चाँडै नै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् ।
आइतबार राजधानीस्थित सञ्चार केन्द्र नेपालमा आयोजित ‘वाम गठबन्धनका चुनौती र अब बन्न स्थायी सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार बन्ने कुरामा केही चुनौतीहरु रहेकोले केही ढिलाई हुने देखिएपनि सरकार चाँडै बन्ने बताए ।

एमालेका नेतासमेत रहेका नेम्वाङ्गले प्रदेश राजधानी तोक्न समेत ढिलाई गरेको बताउँदै कांग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले अनावश्यक रुपमा नियुक्ति गर्नतिर लागेको आरोप लगाए ।
जनताले निर्वाचनबाट वाम गठबन्धनलाई घोषणापत्रअनुसार काम गर भनि अनुमोदन गरिदिएकाले जनताको जनादेशको कदर गर्न कांग्रेसलाई नेम्वाङले सुझाब दिए ।
हतास मनस्थितिमा देखिएको सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको बताउँदै राज्यकोषबाट कराडौं रुपैँया आाफ्ना कार्यकर्ताहरुलाई बाँडिरहेको आरोप नेम्वाङले लगाएका छन् ।
निर्वाचन सम्पन्न भैसकेपछि जनादेश दराजमा थन्काएर राख्न नमिल्ने बताउँदै उनले जनताको जनादेशअनुसार मार्ग प्रशस्त गर्न सरकारलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्