Logo

सहमतिपछि रुपन्देही बन्द फिर्ता, जनजीवन सामान्यतर्फ



बुटवल,पुस २३ । रुपन्देही बन्द फिर्ता भएको छ । देवदहमा ब्यबसायी बसन्त पौडेल बलुको हत्यापछि २ दिन रुपन्देही बन्द भएको थियो । आन्दोलनरत पक्ष र सरकारबिच ३ बुदे सहमति पछि बन्द फिर्ता भएको युवासंघ नेपालका रुपन्देही अध्यक्ष नकुल शाहीले बताए ।

मृतकलाइ सहिद घोषणा,देबदहक्षेत्रमा प्रहरी चौकी स्थापना,जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने र हत्यारालाइ तत्काल कानुनी दायरामा ल्याउने सहमति भएको हो ।
साथै गतसाल पुस ४ गते हत्या गरिएका दुर्गा तिवारीलाइ पनि शहिद घोषणा गर्नुपर्ने माग संगै अगाडि सारिएको जनाइएको छ ।

सहमति कार्यान्वयन नभए पुनः आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ । बलु हत्याकाण्ठको सत्यतथ्य पत्ता लगाउन र थप अनुसन्धानका लागि २ वटा टोली समेत गठन गरेको छ ।
सहमतिपछि युवासंघ नेपालका रुपन्देही अध्यक्ष नकुल शाही र अनेरास्ववीयुका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले बिज्ञप्ती जारी गर्दै बन्द फिर्ता भएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्