Logo

पूर्वराजा ज्ञानेन्द्रद्धारा उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेट



काठमाडौं, २४ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले लखनउ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र केही दिनदेखि मध्य तथा सुदूरपश्चिम भ्रमणमा थिए । त्यहीबाट लखनउ पुगेका हुन् । आफ्नो सरकारी आवासमा ज्ञानेन्द्रसँग भेट भएको भन्दै आदित्यनाथले तस्वीर ट्वीट गरेका छन् ।

उनी केही साताअघिमात्रै पश्चिम भ्रमणमा निस्किएका थिए । उनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्