Logo

आफूहरुलाई पनि मानाहनीको मुद्दा लगाउन गगन थापाको चुनौति



२५ पुस, काठमाण्डौ । पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । उक्त प्रदर्शनमा विभिन्न दलको नेताहरुले डां केसीको समर्थनमा सम्बोधन गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री गगन थापाले सम्बोधन गर्दै गोविन्द केसीलाई मानहानीको मुद्दा लाग्छ भने आफूहरुलाई पनि मानाहनीको मुद्दा लगाउन चुनौति दिएका छन् । आफूहरु अदालतको मान बढाउन विगतमा आन्दोलन गरेको मरण गाउँदै थापाले जनताको हितका लागि लडाई गरिरहेका केसीलाई पक्राउ गर्नु दुखद भएको बताए ।
थापाले भने डेढ करोड खर्च गरेर पढेको चिकित्सकलाई मन्त्रीले चाहेर पनि गाउँ पठाउने नसक्ने अवस्था छ, त्यसैले मुहान सफा हुनुपर्छ केसीले मुहान सफा गर्ने अभियान गर्नुभएको हो । केसीले उठाएको मुद्धा जनताले उठाएको मुद्धा हो ।

उनले डां केसीलाई तत्काल रिहाई गर्न माग गर्दै भने डा. केसीले उठाईएको मुद्धा तत्काल छानविन गरियोस्, दुधको दुध पानीको पानी होस् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत शीर्ष नेताहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्