Logo

डा. केसीको मुद्दा ओमप्रकाश र केदार चासिलेको बेञ्चमा



काठमाडाैं, २५ पौष । अदालतकाे मानहानी गरेकाे अभियाेगमा पक्राउ परेकाे डा. गाेविन्द केसीकाे मुद्दा न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसको इजलासमा परेकाे छ। सर्वोच्च अदालतले मानहानीमा केसीको बयान लिने र त्यसपछि बहस गर्ने गरी इजलास तोकेको हो।

अदालतको अवहेलना गरेको भन्दै पक्राउ परेका केसीको बयान इजलासमा हुने भएको छ। केसीको पक्षमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी कृष्णप्रसाद भण्डारीसहित ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन्।

केसीको विपक्षमा रमन श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल लगायतले बहस गर्नेछन्।



प्रतिक्रिया दिनुहोस्