Logo

शरणार्थी मृतावस्थामा फेला



दमक, २५ पुस (रासस) : झापाको दमकमा आज एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् । भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन् ।

सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण केही नखुलेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्