Logo

बालकोट बैठकमा वामदेवको प्रस्ताव : ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष ! नभए अलोपालो वा दुवै कार्यकारी पदमा बस्दा उत्तम



काठमाडौं, २५ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतमले नयाँ प्रस्ताव अघि सारेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा गौतमले एकतापछिको नेतृत्वको लागि तीन वटा नयाँ विकल्प अघि सारेका छन्। स्रोतका अनुसार गौतमले राखेको प्रस्तावमा पहिलो विकल्प प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड, दोस्रोमा आलोपालो (अढाई वर्ष ओली र अर्को अढाई वर्ष प्रचण्ड) बन्ने, र तेस्रो विकल्पमा दुवै नेता कार्यकारी हुने रहेको छ।

यस विषयमा अहिले छलफल जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्