Logo

कांग्रेस प्रवक्तामा विश्वप्रकाश शर्मा



२५ पुस, काठमाण्डौ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वप्रकाश शर्मालाई पार्टीको प्रवक्ता बनाएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले मंगलबार दिउँसो शर्मालाई पार्टी प्रवक्ताको पत्र दिएको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

यसअघि कांग्रेस प्रवक्ताको रुपमा गगन थापाको नाम चर्चामा थियो । सभापति देउवाले पार्टी महाधिवेशन सम्पन्न भएको १८ महिनापछि शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसका चर्चित युवा नेता शर्मा प्रतिनिधिसभाको निर्वाचनमा झापा १ मा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका हुन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधि शर्मा २०३७ सालमा झापामा विद्यालय पढ्दादेखि नै राजनीतिमा लागेका नेता हुन् । शर्मा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पूर्व अध्यक्ष समेत हुन् । २०२७ साल पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्