Logo

महिला नेत्री बुढाथोकीको निधन



बनियानी, झापा, २६ पुस (रासस) : झापाको महिला जागरण अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला नेत्री कुन्तीदेवी बुढाथोकीको आज निधन भएको छ ।

आज बिहान निजी निवास भद्रपुर–८ मा ८८ वर्षको उमेरमा उहाँको निधन भएको हो । स्व बुढाथोकीले बहुदल आएपछि झापामा महिला जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्थानीय पत्रकार गोपाल गिरीले जानकारी दिनुभयो ।

“झापाली महिलामा जागरण ल्याउन उहाँको महत्वपूर्ण भूमिका रहेको छ”, गिरीले भन्नुभयो, “उहाँ कुनै पनि पार्टीमा आबद्ध हुनुहुन्न थियो ।” कुन्तीदेवीका पिता रणकेशर बुडाथोकी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुनुहुन्थ्यो । रणकेशर नेपाली काँग्रेसमा आबद्ध हुनुहुन्थ्यो । कुन्तीदेवीका तीन छोरी छन् ।



प्रतिक्रिया दिनुहोस्