Logo

लिग कप फुटबल : चेल्सी र आर्सनल बराबरीमा रोकिए



काठमाडौं, २७  पुस । इंग्लिस फुटबलका दुई चीर प्रतिद्वन्द्वीहरु चेल्सी र आर्सनलले लिग कप फुटबलमा बराबरी खेलेका छन् । ‘काराबाओ’ कपसमेत भनिने लिग कपअन्तर्गत् सेमिफाइनल पहिलो लेगको खेलमा दुई लन्डन क्लबहरु गोलरहित बराबरीमा रोकिएका हुन् ।

बुधबार राति चेल्सीको मैदानमा भएको खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेरफालेका थिए । दोस्रो लेगको खेल यही जनवरी २४ तारिखमा आर्सनलको मैदानमा हुनेछ । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्