Logo

अनलाईन पत्रिकाहरुको उचित व्यवस्थापन हुन्छ : मन्त्री बस्नेत



काठमाडौं, २७ पुस । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अनलाईन पोर्टलका मिडियालाई पनि अन्य सञ्चारमाध्ययमकै रुपमा मान्यता दिने गृहकार्य भईरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा) को दोस्रो वार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । छिटो–छरितो सुचना प्रवाह गर्ने काममा अनलाईनले खेलेको भूमिकालाई जति प्रशंसा गरेपनि कम हुने बताउँदै मन्त्री बस्नेतले भने,‘आज दुरदराजका मानिसहरुले क्षणभरमै सूचना पाएका छन्, अनलाईन पत्रकारिता धारिलो हतियार हो, यसलाई उचित किसिमले प्रयोग गर्नुपर्छ, मेरै कार्यकालमा पत्रकारहरुको हित र अनलाईन पत्रिकाहरुको उचित व्यबस्था गर्नको लागि ऐन बनाउने, अन्य सञ्चार माध्यामजस्तै पाईरहेको राज्यबाट सुविधा प्रदान गर्ने कुराको बारेमा गृहकार्य भईरहेको छ ।’

कुनै मिडिया अमुक राजनीतिक दलहरुको कारिन्दा बन्न नहुने भन्दै मन्त्री बस्नेतले एउटै समाचारले थला पार्ने र एउटै समाचारले उचाई बनाउने काम गर्छ भन्ने कुरालाई गम्भिर भएर लिन पत्रकारहरुलाई आग्रह गरे ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय सुचना आयोगका प्रमुख आयूक्त कृष्णहरी बास्कोटाले सयौंको संख्यामा रहेका अनलाईन न्यूज पोर्टलाई वैद्य र नियमको आधारमा चलाउनको लागि गृहकार्य भैरहेको बताए ।

उनले भने,‘जनताले प्राप्त गर्ने सूचनाको पहिलो पहुँच अनलाईन हो, यसलाई सकिन्छ भने वर्गीकरण गरेर भएपनि व्यबस्थीत बनाउनुपर्छ, अन्यथा यसले समाजलाई गम्भिर असर पार्छ।’

कार्यक्रमका विशिष्ट अथिति पत्रकार ऋषि धमलाले अनलाईन पत्रिकालाई सरकारले अन्य सञ्चार माध्यामजस्तै लिनको लागि आग्रह गरेका छन् । उनले भने,‘जनताले सबैभन्दा पहिले सूचना प्राप्त गर्ने माध्याम अनलाईन पत्रिकाहरु हुन, तमाम अनलाईन खुलेका छन्, उचित किसिमले यसको व्यवस्थापन पनि गर्नको लागि आग्रह गर्दछु।’

उनले अघि थपे,‘अनलाईन पत्रिकाको मूल्य धेरै माथि छ, क्षणभरमै संसारमा रहेका हरमानिसले सूचनाको बारेमा जानकारी लिन्छन, पछिल्लो यूवाको रोजाईको विषय पनि बनेको छ, सरकारले यसलाई वृहत्त विकास र सुरक्षित बनाउने काम गर्नुपर्छ।’ धमलाले पर्यटनको विकासको लागि अंग्रेजी अनलाईन पत्रिकाको खाँचो रहेको भन्दै अंग्रेजी पत्रकारितातर्फ ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा ममता कर्माचार्य, आनि सुब्बा, राजेश्वरी श्रेष्ठ, कल्पना योङहाङ्, दीपशिखा शर्मा,सीता भट्टराई, इन्द्र घले, पुष्प काफ्ले, पुष्पकुमार श्रेष्ठलाई सम्मान पत्रद्धारा सम्मान गरिएको छ । त्यस्तै ११ हजार १ सय ११ रुपैयाँको धनराशिसँगै एबिसिका पत्रकार अच्यूत किरण सम्मानीत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्