सरिता राई : भोजपुर, २९ पुस । सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भोजपुरले विभिन्न विद्यामा १७ जनालाई सम्मान गरेको छ ।
संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा शुक्रबार उत्कृट बचत कर्ता, जेष्ठ सदस्य, गत वर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी लगायतलाई सम्मान गरेको हो ।
त्यस्तै संस्थाले सुत्केरी स्याहार खर्च प्रतिव्यक्ति एक हजार दिने गरेको छ भने शेयर सदस्यको दुखद निधन भएमा ५ हजार र एका घरका अरुको निधन भएमा २ हजार दिदैं आएको सहकारीका अध्यक्ष सम्झना प्रधानले जानकारी दिनुभयो ।