Logo

तलाउमा बस खस्दा भारतमा आठ जनाको मृत्यु



नयाँदिल्ली, २९ पुस : भारतको दक्षिणी राज्य कर्नाटकमा एउटा बस खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । पुल तर्दै गर्दा शनिबार तलाउमा बस खसेको र अरु १० जना घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

कर्नाटक राज्यको राजधानी बैङलुरुदेखि २५० किलोमिटर टाढा पर्ने हास्सान जिल्लामा दुर्घटना भएको हो । दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए ।

तिब्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रारम्भिक विवरणबाट देखिएको एक जना वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् ।
मृत्यु भएका मध्ये दुई जना महिला रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।
बैङलुरुबाट धर्मास्तला जादै गर्दा बस दुर्घटना भएको हो ।

भारतमा चालकको लापर्बाही, खराव अवस्थाको सडक र सवारी साधनका कारण ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेको छ भने बर्षेनी हजारौंको ज्यान जाने गरेको छ । (रासस/सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस्