Logo

बैंककमा रहेका ओली प्रचण्ड र वामदेवसँग नियमित सम्पर्कमा



काठमाडौं, २९ पुस । नियमित स्वास्थ्य परिक्षणको लागि थाईल्याण्डको बैंककमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिक घट्नाक्रमको बारेमा दैनिक अपडेट भैरहेका छन् ।

अध्यक्ष ओलीले उपाध्यक्ष वामदेव गौतमलाई दैनिक फोन गरेर जानकारी लिईरहेको स्रोतको दाबी छ । स्रोतले भन्यो,‘उहाँ बैंककमा भएपनि नियमित सम्पर्कमा हुनुहुन्छ्, आजै वामदेव कमरेडलाई फोन गरेर सबै कुराको जानकारी लिनुभएको छ ।’

त्यतिमात्रै नभएर ओलीले वाम गठबन्धनका प्रमुख नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि फोनवार्ता गरिरहेका छन् । उनले पार्टी एकताको लागि गठित कार्यदललाई आवश्यक निर्देशन दिएर खटाउनको लागि प्रचण्डसँग विशेष अनुरोध गरिरहेका छन् ।

वामदेवसँगको कुराकानीमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रमुख र अस्थायी राजधानी नतोकेकोमा आक्रोश पोखेको थिए । एक साताको लागि बैंकक गएका ओलीले त्यहाँ रहँदा अन्र्तराष्ट्रिय शक्ति केन्द्र खासगरी भारत र चीनका दुतहरुसँग भेट्ने अनुमान गरिएको थियो । तर उनले अहिलेसम्म कसैसँग पनि भेटवार्ता गरेका छैनन् ।

बैंकक उड्नुअघि नै उनले आफूले सहयोगी राजेश शाक्यबाहेक अरु कसैसँगपनि राजनीतिक कुराकानी नगर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्