Logo

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण भ्रमण



काठमाडौँ, २९ पुस : प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले आज चितवन जिल्लाको चैनपुरस्थित सैनिक आवासीय महाविद्यालय र भरतपुरस्थित महिन्द्र दल गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले उक्त विद्यालय तथा गणको वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो ।

निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति क्षत्री आज भरतपुरस्थित महिन्द्र गणमा मुकाम रहनु हुने र माघ १ गते नवलपरासी जिल्लाको हात्तीखोरस्थित श्री नं २ वन तथा पर्यावरण सुरक्षा गणको निरीक्षण भ्रमण गर्नुभई सोही दिन काठमाडौँ फिर्ता हुनुहुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्