Logo

तनहुँ उद्योग वाणिज्य संघमा बाम गठबन्धनलाई पराजित गर्दै अध्यक्षसहित सबै पदमा लोकतान्त्रिक समुह विजयी



३० पुस, काठमाण्डौ । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा मानकाजी श्रेष्ठ विजयी भएका छन् । लोकतान्त्रिक समुहका श्रेष्ठले वाम गठबन्धनका इश्वर विष्टलाई पराजित गर्दै अध्यक्षमा बाजी मारेका हुन् ।

अध्यक्षसहित सबै पदमा लोकतान्त्रिक समुहका उम्मेदवारहरु विजयी भएका छन् । हिजो सम्पन्न चुनावबाट प्रथम उपाध्यक्षमा बैकुण्ठ मिश्र र द्धितिय उपाध्यक्षमा हरि बाहादुर थापा लोकतान्त्रिक प्यानलबाट नै विजयी भएका छन् ।

कोषाध्यक्षमा यसअघि नै महेन्द्रकुमार सर्वसम्मत चयन भएका थिए ।

कूल २ हजार ५ सय ६६ उद्योगी व्यवसायीले मतदान गरेकोमा अध्यक्षमा विजयी श्रेष्ठले १ हजार ५ सय २९ मत ल्याएका थिए भने बिस्टले १ हजार मत ल्याएका थिए ।

त्यसैगरी प्रथम उपाध्यक्षमा मिश्रले १ हजार ४ सय ४२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बिमल रिमालले १ हजार ८६ मत प्राप्त गरेका थिए ।

एसोसिएटतर्फ हरिबहादुर खड्का ९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी परशुराम अधिकारीले ६ मत ल्याए ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले प्रदेश र केन्द्रको चुनावमा पराजित भएपनि उद्योग वाणिज्य संघ भने कब्जामा राख्न सफल भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्