Logo

नेपालमा राम्रो काम गर्ने कोही पत्रकार छ भने त्यो ऋषि धमला हो : मोदी



२ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले एमाले र माओवादीबिचमा एकता हुँदा केपी शर्मा ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने गरेका छन् । “केपी ओली प्रधानमन्त्री बन्नुभयो भने प्रचण्ड पार्टी अध्यक्ष बन्नुहुन्छ । यसमा विमति छैन । यो त पहिले नै सहमति भइसकेको थियो ।” मोदीले भने ।

यो कुरा पक्का हो त भन्ने धमलाको प्रश्नमा मोदीले भने, “यो कुरामा त तपाई सबैभन्दा बढि ज्ञाता हो । तपाई त नेपालको चर्चित पत्रकार, खोज अनुसन्धान गर्ने पत्रकार । वास्तवमा यो देशमा राम्रो काम गर्ने कोही पत्रकार छ भने त्यो ऋषि धमला हो । यो कुरा त आम जनताले पनि बुझेका छन् ।”

नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदी

यसैक्रममा मोदीले उल्टै प्रश्न गरे, ऋषिजिलाई के लागिरहेको छ ?

धमलाले भने, “मैले त बारम्बार भनिरहेको छु कि,पार्टी एकताको विकल्प छैन । प्रचण्डलाई अध्यक्ष, ओलीलाई प्रधानमन्त्री भनेर मैले धेरै बहस गरेको छु ।”

खोज अनुसन्धान गरेर अन्तरवार्ता लिने र राजनीतिक विश्लेषण गर्ने कुरामा धमला अब्बल रहेको भन्दै मोदीले प्रशंसा गरेका थिए ।
“नेपालको त्यस्तो कोही पात्र छ भने ऋषि धमला हो भन्छन् सबैले ।” मोदीले भने ।



प्रतिक्रिया दिनुहोस्