Logo

जनविद्रोह पार्टीको औपचारिक घोषणा



काठमाडौं, २ माघ । ने.क.पा.जनविद्रोह पार्टीको औपचारिक घोषणा भएको छ । काठमाडौंमा सोमबार वामपन्थी विशिष्ठ नेता स्व. निर्मल लामाको जन्म दिनको अवसरपारी २१ सदस्यीय केन्द्रिय कमिटि सहित पार्टीको औपचारिक घोषणा भएको हो । गठित नयाँ पार्टीको महासचिवमा विशिष्ठ नेता लामाका छोरा निमा फिन्जो लामा रहेका छन् ।

वामपन्थी आन्दोलनका विशिष्ठ नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथी भएका अन्याय र भ्रष्टाचार विरुद्ध लड्ने उदेश्यका साथ ने.क.पा.जनविद्रोह पार्टीको जन्म भएको महासचिव लामाले बताए ।

महासचिव लामाले वर्तमान अवस्थामा कम्युनिष्ट पार्टीहरुमा आएको विचलन, स्खलन, तथा कम्युनिष्टहरुले जनतालाई कम्युनिज्मको वास्तविक अर्थ बुझाउन नसकेकाले जनतामा कम्युनिज्मप्रति नै वितृष्णा जगेको हुँदा यस भ्रमलाई चिर्दै मुलुकलाई सहि राजनीतिक दिशा तर्फ उन्मुख गर्न, विकास र आर्थिक सम्वृद्धिका लागि यस ने.क.पा.जनविद्रोह पार्टीले रचनात्मक भूमिका खेल्ने बताए ।

सो पार्टीको घोषणा कार्यक्रममा वरिष्ठ नेता स्वं निर्मल लामाकी धर्मपत्नि समाज सेवी सुकन्या वाईवा, महिला अधिकारकर्मी रिता सैंजु, बुद्धिजीवी राजेन्द्र दास श्रेष्ठ, युवा समाज सेवी अनिश पराजुली लगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्