Logo

कृषि विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने



काठमाडौँ, ३ माघ (रासस) : कृषि विकास बैंक लिमिटेडले आव २०७३÷७४ को लाभांशबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ ।

बैंकले आर्थिक वर्ष २०७३÷७४ मा रु ९९ अर्ब ९२ करोड निक्षेप संकलन गरेको छ ।

बैंकद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा बंैकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले आव २०७२÷७३ मा भन्दा यस वर्ष १५ प्रतिशतले निक्षेप संकलन वृद्धि भएको जानकारी दिनुभयो ।

बंैकले आव २०७३÷७४ मा रु एक खर्ब नौ अर्ब २२ करोड कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बैंकको चुक्ता पूँजी रु सात अर्ब आठ करोड ७६ लाख ८० हजार रहेको छ ।

प्रमुख कार्यकारी अधिकृत सिटौलाले आधुनिक प्रविधिका साथ बैंकलाई अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दै छिट्टै इन्टरनेट बंैकिङ सेवामा जाने तयारी भइरहेको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्