Logo

दाङमा झन् चर्कियो आन्दोलन, जनप्रतिनिधि बन्धक बनाउनेदेखि कुनैपनि कर नतिर्ने चेतावनी 



शरद रेग्मी : दाङ, ४ माघ ।प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बिहिबार पनि दाङ बन्द छ।

जिल्लामा बिहिबार पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन्। पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्।

दाङको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित नेकपा माओवादीका नेता कृष्णबहादुर महरा र २ को २ बाट निर्वा्चित प्रदेशसभा सदस्य एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङलाई प्रदेश राजधानी नतोकेकोमा विरोध जनाएका छन्। महराले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले निर्णय तुरुन्त सच्याउनुपर्ने माग गरेका छन्।

नेता पोखरेलले सरकारको निर्णयलाई विवेकहिन भनेका छन्। जिल्लामा बजार, यातायात सबै ठप्प छ। यसैबीच दाङ राजधानी सरोकार समितिले भने विभिन्न निर्णय गर्दै आन्दोलन थप चर्काउने निर्णय गरेको छ। बुधबार राति बसेको समितिको बैठकले माघ ३ गतेलाई कालो दिन घोषणा गर्दै घरर घरमा कालो झण्डा गाड्न आह्वान गरेको छ।

अस्पतालबाहेक सबै सरकारी कार्यालयहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। होटल लगायत बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी छर छैन त्यसको एकिन गरेर मात्रै चल्न दिने, अटो, रिक्साहरू समेत बन्द सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। यता दाङमा आन्दोलन लाई थप शसक्त बनाउन दलहरुले सङघर्ष समिति गठन गरेकाछन ।

नेकपा एमालेको नेतृत्वमा काङ्ग्रेस र माओबादि केन्द्र लाई समितिमा राखिएको छ । त्यसैगरि जिल्लामा रहेका विभिन्न उधोग बाणिज्य सङघहरु अन्य साना राजनीतिक दलहरु ,नागरिक समाज र बिभिन्न सङघ सस्थाहरु सङघर्ष समितिको सदस्य रहेका छन ।

यसका साथै, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरूलाई बन्धक बनाउने, सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिहरूलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने , राजमार्ग केन्द्रीत आन्दोलनलाई सशक्त बनाउने लगायतका कडा आन्दोलनको स्वरुप तय गरेको दाङ राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले बताए।

राजधानी माग गर्दै मंगलबारदेखि भएको दाङ बन्द र आमहड्तालका कारण दाङको समान्य जनजीवन भने प्रभावित बन्दै गएको छ।



प्रतिक्रिया दिनुहोस्