Logo

प्रदेशसले जहाँ तोक्छ त्यहीँ राजधानी हुन्छ, अहिले आत्तिनुपर्ने जरुरी छैन : कर्ण



५ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रदेश नम्बर २ को राजधानी वीरगंज वा जनकपुर बनाउने भन्ने विषयमा आफू पक्ष विपक्षमा नलागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले पार्टीले कुनै पनि ठाउँको पक्षमा निर्णय पनि नगरेको स्पष्ट पारेका छन् ।
सरकारले अस्थायी राजधानीको रुपमा धनुषालाई तोकेकोमा आफू पक्ष वा विपक्षमा नरहेको स्पष्ट पारेका छन् ।

स्थायी रुपमा राजधानी चयन प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने भएकाले अहिले विवाद गर्न नहुने कर्णले बताएका छन् । “प्रदेशसभाका सदस्यहरुले जाहाँ तोक्छन् त्यहीँ राजधानी हुन्छ । अहिले आत्तिनुपर्ने जरुरी छैन ।” कर्णले भने ।

आन्दोलन गरेर र टायर बालेर कुनै अर्थ नहुने कर्णले बताए ।



प्रतिक्रिया दिनुहोस्