Logo

बजार अभावमा बेच्न नपाउँदा करोडौँ मूल्यको माछा खाडलमा पुरियो (भिडियोसहित)



५ माघ, काठमाण्डौ । बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका ५० टन भन्दा बढी माछा मरेका छन् । कृषक युवाराज पाण्डेले लाखौँ लगानी गरेर उत्पादन गरेका माछा बजार अभावका कारण बेच्न पाएका थिएनन् । उचित समयमा माछा बेच्न नपाएपछि अहिले ति माछा मरेका हुन् । मरेका माछा खाडल खनेर पुरिएको छ ।
नेपाल माछामा परनिर्भर भईरहेको वर्तमान परिस्थीतिमा करोडैं लगानी गरेर ४० टन भन्दा बढी माछा उत्पादन गरेको कृषकले बजार नपाउदा १ करोड भन्दा बढीको माछा पोखरीमा नै मरेको छ । नुवाकोटका माछा पालक किसान युवराज पाण्डले पालेका माछा बजार अभावका कारण पोखरीमा मरेका हुन् ।

पछिल्लो समयमा कृषिमा नै आफ्नो र परिवारको सुनैलो भविश्य खोजेका युवालाई पनि राज्यको तर्फबाट उपेक्षा गरिन्दा कृषिमा लगानी गर्न कृषकहरु हतोसाहीत भएका छन् । नुवाकोट बेलकोटगढी स्थीत बसुकीमा साढै ३ करोड लागानी गरि माछा पालन शुरु गरेका पाण्डेले समयमा नै बजार नपाउदाँ १५ टन भन्दा बढी माछा चिसोको कारणले मरेको हुन् ।

४० टन माछा उत्पदान गरेको कृषकलाई माछा मरेर नै १ करोड २० लाख घाटा भइरकेको छ । नोक्सानी हुनु भन्दा अगाडी नै सम्बन्धीत स्थानमा सुनुवाईको माग गर्दा कृषकको समस्यालाई सरोकारवालाले बेवास्ता गरेको थियो । कृषक पाण्डेले सरकारसँग आफ्नो लगानी डुबेको भन्दै क्षतिपूर्तिको मागसमेत गरेका छन् ।

कृषक युवाराज पाण्डे

सिंहदरबारमा नै बसेर कृषिमा आमुल परिर्वतन ल्याउछु भन्नु भन्दा कृषकको समस्या र कृषि क्षेत्रको आवश्यकता के हो त्यस तर्फ कृषि मन्त्रीको ध्यान जानु आवश्यक छ ।

हजारैको संख्यामा दक्ष युवा जनशक्ति विदेशी रहेको समयमा स्वदेशमा नै केही गर्छु भनेर कृषिमा संलग्न हुने युवाको समस्यामा सुनुवाई नहुदाँ कृषि क्षेत्रमा लगानी गरि व्यवसायीक कृषि उद्यम गर्ने कृषकहरु नेपालबाट विदेश नै पलाएन नहोलानन् भन्न सकिन्न ।

जार अभावका कारण १७ टन माछा मरे

https://www.youtube.com/watch?v=YXf39Zm2a48



प्रतिक्रिया दिनुहोस्