Logo

राजनीतिज्ञले अध्यात्ममा जोड दिनु आवश्यक : मन्त्री गौतम



भीमदत्तनगर, ५ माघ (रासस) : सिँचाइमन्त्री सञ्जयकुमार गौतमले अध्यात्मबिनाको राजनीति अराजकता हुने बताउनुभएको छ ।

नेपाल मानव धर्म सेवा समितिले कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको दुईदिने विराट सत्संग समारोहको आज उद्घाटन समारोहमा उहाँले अराजक दिशामा गइरहेको राजनीति सुधारका लागि राजनीतिज्ञहरुले अध्यात्मवादलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

विराट समारोहले नेपाल–भारतबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै मन्त्री गौतमले आगामी वर्ष बर्दिया जिल्लामा समारोह आयोजना गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल मानव धर्म सेवा समितिलाई बर्दियामा आश्रम निर्माणका लागि जग्गासमेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा सतपाल जी महाराजले नेपाल र भारतबीच धार्मिक, तीर्थस्थलबीच सामिप्यता रहेको बताउँदै वर्तमान परिवेशमा युवा वर्गमा आत्म जागरण ल्याउनु आवश्यक रहेको धारणा राख्नुभयो । दुई दिनसम्म सञ्चालन हुने विराट समारोहमा नेपाल र भारतका गरी २० हजारभन्दा बढी भक्तजन सहभागी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्