Logo

इङ्गलिस प्रियिमर लिगमा आज आठ खेल हुँदै



काठमाडौं, ६  माघ । इङ्गलिस प्रियिमर लिगअन्तर्गत आज आठ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे ब्राइटन र चेल्सी भिड्दै छन् ।

त्यसैगरी राति पौने ९ बजे ६ वटा खेल हुँदै छन् ।आर्सनल र क्रिस्टल प्यालेस, बर्नले र म्यानचेस्टर यनाइटेड, एभर्टन र वेस्ट ब्रोम, लेस्टर सिटी र वार्टफोर्ड, स्वान्सी सिटी र हडल्सफिल्ड तथा वेस्ट ह्याम युनाइटेड र बर्नमाउथबीच प्रतिस्पर्धा हुँदै छ । त्यसैगरी आजै राति सवा ११ बजे म्यानचेस्टर सिटी र क्यूकासल युनाइडेड भिड्दै छन् ।

इङ्लिस प्रिमियर लिग फुटबलमा २३ औं चरणका खेल सकिँदासम्म ६२ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।

५० अंक जोडेको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहँदा ४७÷४७ अंक बटुलेका लिभरपुल र चेल्सी क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेको टोटनह्यामको ४४ अंक रहेको छ ।



प्रतिक्रिया दिनुहोस्