Logo

२ नम्बर प्रदेशमा पनि बामगठबन्धनकै सरकार बनाउन पहल भईरहेको खनालको खुलासा



काठमाडौं, ६ माघ । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएलगत्तै मुलुकमा नयाँ सरकार बन्ने बताएका छन्।

वरिष्ठ नेता खनालले वामपन्थी गठबन्धनको नेतत्वमा नयाँ सरकार बन्ने र त्यसले मुलुकको विकास, निर्माणको कामलाई तीव्रता दिने दाबी समेत गरे।

शनिवार काठमाडौं क्षेत्र नम्बर ८ का सांसदहरुलाई शुभकामना दिन आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेश नम्बर २ मा पनि बामगठबन्धनकै नेतृत्वमा सरकार बनाउन पहल भईरहेको खुलासा पनि गरे।

वरिष्ठ नेता खनालले जनतालाई न्याय हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सबै स्थानीय तहलाई पनि सचेत गराए। उनले स्थानीय सरकारले विकास, निर्माणको कामलाई अघि बढाउन आवश्यक योजना तय गरिसकेकाले अव त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

वरिष्ठ नेता खनालले मुलुकलाई समृद्ध बनाउन सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।



प्रतिक्रिया दिनुहोस्