Logo

उत्तर कोरियाका २२ खेलाडीले ओलम्पिकमा भाग लिने



काठमाडौं, ७ माघ । उत्तर कोरियाले दक्षिण कोरियामा आगामी महिना हुने शीतकालीन ओलम्पिकका लागि २२ खेलाडी पठाउने भएको छ ।

दक्षिण कोरियाको प्योङ्च्याङमा हुने प्रतियोगिताका लागि उत्तर कोरियाका २२ खेलाडी दक्षिण कोरिया जान लागेका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले २२ जना उत्तर कोरियाका खेलाडी सहभागी हुने जानकारी दिएको हो ।

दुवै कोरियाका खेलाडीले ओलम्पिक रंगशालामा एउटै झन्डा लिएर मार्च पार्स गर्ने बताइएको छ । दक्षिण कोरियाको प्योङच्याङमा आगामी फ्रेब्रुअरी ९ देखि २७ तारीखसम्म शितकालीन ओलम्पिक हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्