Logo

उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै



काठमाडौं, ८ माघ । नेकपा एकाले स्थायी समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य उम्मेदवार चयन र पार्टी एकीकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपराह्न बैठक बस्न लागेको हो । राष्ट्रियसभा निर्वाचन सम्बन्धमा कार्यदलले दिएको सुझाव प्रतिवदेनलाई वाम एकता संयोजन समितिको हिजो बसेको बैठकले अनुमोदन गरेपछि पार्टीको भागमा परेका उम्मेदवार चयन गर्न स्थायी समिति बैठक बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवार चयन मुख्य एजेण्डा भएपनि पार्टी अध्यक्ष ओलीले एकता प्रक्रियाबारे बैठकमा ब्रिफिङ गर्ने बताइएको छ । यसअघि एकता संयोजन समितिको बैठक बस्नुअघि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वान टु वान छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्