Logo

रुकुमबाट दाङ जाँदै गरेको बस सल्यानमा दुर्घटना, तीनको मृत्यु



दाङः रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको ज्यान गएको छ ।

रुकुमबाट दाङ जाने क्रममा ना ५ ख ५३१ नम्बरको बस सडकबाट डेढ सय मिटर तल खस्दा कम्तिमा तीन यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत विवरण आइनसकेको सल्यान प्रहरीले जनाएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुलाई अस्पताल पठाइरहेको छ। शव संकलन भइरहेकाले मृतकहरुको संख्या बढ्न सक्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्