Logo

५ नम्बर प्रदेश प्रहरीको स्पेसल आरएससीसी अपरेसन सुरु



सुरक्षा प्रति ढुक्क रहन एआइजि पुडासैनिको आग्रह
दाङ, माघ १० : ५ नम्बर प्रहरी प्रमुख एआइजि मधु प्रसाद पुडासैनिले प्रहरीले ५ नम्बर प्रदेशमा स्पेशल आरएससीसी अपरेसन सुरुगरिएको बताउनुभएको छ ।

पत्रकारहरुसंग आफ्नै कार्यकक्षमा प्रदेश नं ५ को सुरक्षा संबेदनसिलता तथा सुरक्षा सम्बन्धि रणनिति सार्वजनिक गर्दे पुडासैनीले यस्तो बताउनुभएको हो । नेपाल प्रहरीले प्रदेश प्रमुख पुडासैनिको निर्देशन बमोजिम आरएससीसी अपरेसन प्रदेश नं ५ भरी सुरुगरिएको जनाएको छ ।

बढ्दो घरेलु हिंसा, सडक दुर्घटना, लागुऔषध ओसार पसार तथा प्रयोग र यसबाट घट्नेघटनाहरु, गुण्डागर्दी संगठित अपराध, नदिजन्य वस्तुहरुको अबैध उत्खनन् ओसार पसार , बनपैदावारको चोरी तस्करी लाई मध्येनजर गर्दे प्रहरीले यसलाई नियन्त्रण गर्न ७ सुत्रीय रणनितीहरु तय गरेको पत्रकार भेटघाटमा जानकारी गराईएको थियो ।

प्रहरीको आरएससीसी अपरेसन सडक दुर्घटना , लागू औषध ओसारपसार तथा गुण्डागर्दी एवं सुरक्षा सम्बेदनसिलतासंग प्रत्यक्ष जोडिने पुडासैनिले बताउनुभयो । जस अनुसार आक्रामक ट्राफिक चेकिङ्ग, जनपद प्रहरीको तैनाति, महिला प्रहरीको, व्यवस्था, प्रहरी बिमर्शकर्ता को व्यवस्था र दण्ड जरिवानाको निती लिईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा प्रहरीलाई “ट्रिट विथ स्माईल” को निर्देन दिंदै आमनागरीकहरुको न्यायमा पहुँच सुनिस्चि तगर्न प्रहरी हरदम तयार रहेको भन्दै सभ्य नागरीकले प्रहरीलाई अपराध नियन्त्रणमा सघाउपुर्याउन पुडासैनिले आग्रह गर्नु भयो ।

“प्रहरी जनताको साथी हो” पुडासैनिले भन्नु भयो जनताको साथविना प्रहरी सफल नहुने भन्दै दाङ जिल्लामा घटेका बहुचर्चित हेमराज धिताल हत्याकाण्ड को रहस्यको पर्दाफास पनि छिट्टैहुने जनतालाई आश्वास्त पार्नुभयो ।

जवसम्म ठेकेदारहरुले गुण्डा पाल्न छोड्दैनन तब सम्म ठेक्कापपट्टाको आडमा हुने गुण्डा गर्दी कम नहुने भन्दै प्रदेश प्रमुख पुडासैनिले दाङमा संगठित अपराधले टाउको समेत उठाउन नपाउनेमा जनतालाई आश्वास्त पार्नुभ

यो । प्रदेश नं ५ भौगोलिक हिसाबले बिबिधतायुक्त रहेको जिकिर गर्दे प्रहरीले तराई, पहाड र हिमालि क्षेत्रका लागि भिन्दा भिन्दै सुरक्षा रणनिती तयार गरी लागू गरको जनाएको छ । बोर्डर क्षेत्र तर्फका जिल्लाहरुमा नाकाहरुमा कडाई , चेक जाँच तथा निगरानी, पहाडि क्षेत्रहरुमा बिबिध बिबिभिधतायुक्त सामाजिक संरचनाहरुबाट उत्पन्न हुने घरेलु हिंसाहरु, सडकको सुरक्षा तथा सवारी साधन चलाउने तौरतरिका र हिमाली क्षेत्रहरुको भौगोलिक बिकटताहरुलाई ध्यानमा राख्दै सुरक्षा रणनिती तयार गरिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समयमा दाङ जिल्लामा रहस्यमयी घटनाकोरुपमा दर्जभएको प्रमोद बर्मा हत्याकाण्डको केशलाई पनि प्रहरीले गम्भिरतापुर्वक छानविन गरिरहेको पुडासैनिले बताउनुभयो । “मातहतका इकाईहरुलाई आरएससीसी बारे निर्देशन दिइसकेको छु” पुडासैनिले भन्नु भयो । यसैअनुसार आफु केहि दिनमा बर्दिया देखि पाल्पा सम्मको भ्रमणमा निक्लन लागेको स्पस्ट पार्नुभयो ।

“मेरो दौडाहा आरएससीसी केन्द्रित हुने छ ” पुडासैनिको थप कथन थियो । आफ्नो तलब भत्ता समेत कटाएर सितलहर पिडित सर्वासाधारणलाई बितरणगरी समाजसेवीको छवि समेत बनाउनुभएकापुडासैनिले प्रहरीको गेट सम्म आएर कुनैपनि पिडित न्याय नपाई फर्कन नपर्नेमा ढुक्क रहन जनतामा आग्रह गर्दे प्रहरीले कुनै गल्तिगरे माथिल्लो निकायहरुमा जानकारी गराउन समेत आग्रह गर्नु भयो ।

आफुले चार्ज सम्हालेयता दाङ जिल्लामा छिटफुट आपराधिक घटनाहरुबाहेक जिल्ला शान्त रहेको भन्दै सुन्दर दाङ रशान्त जनताहरु लाई धन्यवाद समेत पुडासैनिले दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्