Logo

नेपाल–चीन सम्बन्ध आगामी दिनमा झनै प्रगाढ हुन्छ : राजदुत होङ



काठमाडौं, १० माघ । नेपालका लािग चिनियाँ राजदूत यु होङले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध आगामी दिनमा नयाँ वातावरणअनुरूप अघि बढ्ने बताएकी छिन् ।
मंगलबार चिनियाँ भाषा प्रशिक्षणको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत होङले भनिन, ‘बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनले सहरमुखी धारणा, लाभ र असल छिमेकीपनको विचारलाई निरन्तरता दिने भएको छ ।’

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले नेपालस्थित चिनियाँ दूतावास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन बोर्डको संयुक्त सहकार्यमा भाषा प्रशिक्षण दिइरहेको छ । पर्यटन बोर्डमा ६ महिनादेखि भएको भाषा प्रशिक्षणको दोस्रो चरण समापनमा राजदूत युले यस्तो धारणा राखेकी हुन् ।

उनले भनिन्, ‘नेपाल–चीनबीच पारस्परिक सम्मान, समान व्यवहार, एकअर्काप्रति समर्थन छ । दुवै देशले सन् २०१७ मा राजनीतिक, आर्थिक व्यापारलगायत क्षेत्रमा उपलब्धि हासिल गरेका छौं ।’

नेपाल र चीनबीच उच्चस्तरमा राजनीतिक भ्रमणहरू भएको उल्लेख गर्दै राजदूत युले चीन नेपालको सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको पनि स्पष्ट पारेकी थिईन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्