Logo

राष्ट्रियसभाका लागि कोमल ओलीसहित तीन जना निर्विरोध



१० माघ, काठमाण्डौ । गायिका तथा संचारकर्म पुष्ठभूमि भएकी कोमल ओलीको राष्ट्रियसभामा प्रतिनिधित्व सुनिश्चित भएको छ ।
राप्रपामा प्रवेश गरेर राजनीतिक जीवन सुरु गरेकी ओली केही समयअघि नेकपा एमालेमा प्रवेश गरेकी थिइन् ।

एमालेबाट राष्ट्रियसभामा उम्मेदवार बनाइएकी ओली प्रदेश नम्बर पाँचबाट निर्विरोध बनेकी हुन् । ओलीसँगै माओवादीकी मीना बुढा, र नेपाली कांग्रेसकी अनिता देवकोटा पनि निर्विरोध भएको हुन् ।

नेपाली कांग्रेस एमाले माओबादी मधेशी दलहरु गरी ८ जना निर्वाचित हुनपर्नेमा ३ जना निर्विरोध भएका हुन ।
राष्ट्रिय सभामा प्रदेश नं ५ वाट ८ जनाले प्रतिनिधित्व गर्ने भएको भएपनि ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

खुल्लामा एमालेका खिमलाल भट्टराई, माओवादीका चन्द्रबहादुर खडका, राजमोका रश्मीराज नेपाली र नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय रहेका छन ।

दलितबाट १ जना मा २ जनाको उम्मेदवार रहेको छ भन अल्पसंख्यकमा पनि १ मा २ जनाको उम्मेदवार भएको छ । त्यस्तै मधेशीबाट २ जनाको उम्मेदवार दर्ता भएको छ ।



प्रतिक्रिया दिनुहोस्