Logo

मतदातासँग गरेका प्रतिवद्धता पुरा गरेरै छाड्छुः सांसद क्षेत्री



अर्घाखाँची, ११ माघ : नेपाली कांग्रेसको तर्फबाट ५ नम्बर प्रदेशका प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले जिल्लाको विकास निर्माणमा आफुले चुनावमा मतदातासँग गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने बताउनु भएको छ ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले राखेको सम्मान कार्यक्रममा बोल्दै क्षेत्रीले जिल्लाको विकास निर्माणबाट पछाडी परेको ठाउँलाई विशेष प्राथमिकता दिएर अगाडी बढ्ने बताउनु भयो । महिलाहरुलाई विभिन्न क्षेत्रमा पछाडि पारिएको सन्दर्भमा नयाँ संविधान मार्फत केही प्रतिनिधित्व भए पनि अझै प्रयाप्त नभएको बताउँदै हरेक क्षेत्रमा महिलाई पुरुष सरह स्थान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले मिडियाले आम नागरिकहरुलाई सुचना प्रवाह गर्न महत्वपुर्ण भुमिका खेल्ने भएकाले यो क्षेत्रको विकासका लागि पनि आफुले विशेष पहल गर्ने बताउनुभयो । जिल्लाको विकासको साथै महिलाहरुमा जनचेतना जगाउन र आत्मनिर्भर बनाउनमा जोडदिने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जि सि, उपाध्यक्ष गणेश खनाल, पत्रकार श्याम घिमिरे, जितेन्द्र खत्री लगायतले शुभकामना दिदै आम नागरिकको हितका लागि काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रम नेपाल प्रेस युनियन अर्घाखाँची शाखा अध्यक्ष सुर्य भुसालको अध्यक्षता, कोषाध्यक्ष अशोक पौडेलको स्वागत र सचिव नेत्र मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्