Logo

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि मिस नेपाल यसरी फिल्डमा उत्रिईन



काठमाडौं, १२ माघ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागी काठमाडौदेखि–पोखरासम्म कार र्यालीको आयोजना गरिएको छ । पर्यटनक प्रर्वद्धनका लागि मिस नेपाल निकिता चन्दकले नै फिल्डमा खटिएकी थिईन् ।

काठमाडौँको भृकुटीमण्डपबाट सुरु भएको केजिएच फाउण्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाको सहकार्यमा द अमेजिङ मोटर र्रयाली २०१८ पोखराको विन्दवासनी मन्दिर चोक पुगेर सम्पन्न हुने बताईएको छ ।

आन्तरिक पर्यटनको प्रर्बधन गर्ने उद्देश्यले र्यालीको आयोजना गरिएको आयोजकले जनाएको छ । तोकिएको ठाउँमा पुग्ने गाडीलाई प्रत्येक मिनेटको २० अङ्क दिइने छ भने सबैभन्दा ढिलो पुगेमा १० अङ्क दिइने छ ।

अरु कार्यक्रमको भन्दा ठिक उल्टो र्यालीमा सबैभन्दा ढिलो पुग्ने गाडीलाई विजयी घोषण गरी सम्मान गरिने छ ।

र्यालीमा सबैभन्दा ढिलो पुग्नेलाई सिल्ड र टर्किस एयरलाइन्सबाट काठमाडौँदेखि इस्तानाबुलसम्मको टिकट व्यवस्था गरिएको छ । दोस्रो हुनेलाई सिल्ड र नेपाल एयरलाइन्सबाट काठमाडौँदेखि बैकंक र तेस्रो हुनेलाई सिल्ड र बुद्ध एयरलाइन्सबाट काठमाडौँदेखि पोखरासम्मको टिकट व्यवस्था गरिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्