Logo

प्रहरीमा पजनी गर्ने देउवाको प्रयास असफल



बालबाल बचे सर्वेन्द्र र रमेश खरेल
काठमाडमौं, १२ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीमा तीस बर्षे सेवा अवधि हटाउन मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका थिए । तर, देउवाको प्रयास अन्ततः असफल भएको छ।

नेपाल प्रहरीको मानवस्रोत विभागले तयार पारेको प्रहरी नियमावली संशोधनलाई गृहमन्त्रालयले फर्का्दिएपछि मुख्यसचिव रेग्मी आफैंले फाइल मगाएर प्रधानमन्त्री कार्यालयमा राखेका थिए ।

गृहमन्त्रालयकै गृहकार्यमा देउवा सरकारले नेपाल प्रहरीमा ३० बर्षे हटाएर अहिलेको नेतृत्वलाई नै कायम राख्ने खेलमा लागेको थिए । तर उनको उक्त प्रयास असफल भएको छ। यो सँगै भावी आईजीपीका प्रमुख दाबेदार डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीले लामो सास फेरेका छन् ।

उनीहरुका अनुसार देउवाले जाँदाजाँदै नेपाल प्रहरीमा पजनी गर्न चाहेका थिए । तर देउवा क्याविनेटका आफ्नै मन्त्रीहरुले उक्त प्रयासमा कडा प्रतिवाद गरेपछि देउवाको योजना असफल भएको हो । सिँचाईमन्त्री सञ्जय गौतमले पत्रकार ऋषि धमलासँग भनेका थिए,‘हामीले नै यस्तो अवस्था सिर्जना गर्नुहुँदैन भनेर विरोध गरेकोले यो सफल भएको हो।’

प्रहरी संगठनलाई नै भद्रगोल बनाउने गरी प्रहरी नियमावली संशोधनको तयारीमा लागेका बेला देउवाकै मन्त्रीहरुले विरोध जनाएका थिए ।
प्रहरी निकट उच्च स्रोतका अनुसार हालका एआइजीहरूको सक्रियतामा ३० बर्षे सेवा अवधि परिवर्तन गर्ने प्रक्रिया सुरू गर्न प्रधानमन्त्री देउवाले गृहमन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

यदि देउवाले सुरू गरेको पजनी सफल भईदिएको भए प्रहरीका योग्य र इमान्दार पदाधिकारी मुख्य जिम्मेबारीमा कहिल्यैपनि पुग्न नसक्ने अवस्था आउने थियो । देउवाको उक्त प्रयास थाहा पाएकोले आईजीपीको रेसमा रहेका डिआईजीहरु हिजो रातभर नै सुत्न नसकेको स्रोतको दाबी छ ।

आज भारतीय दुतावासले आयोजना गरेको दिवा भोजमा समेत यसबारेमा कुरा भएको थियो । आईजीपीको दौडमा रहेका डिआईजीहरु देउवाको प्रयास असफल भएकोमा जित मनाउ गर्दै थिए ।



प्रतिक्रिया दिनुहोस्