Logo

ओली-प्रचण्ड संविधान संशोधनमा तयार भएको खुलासा



सप्तरी, १२ माघ । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले संविधान संशोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तयार रहेको दाबी गरेका छन् ।

शुक्रबार राजविराजमा प्रेस सेन्टर नेपाल, सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले यस्तो खुलासा गरेका हुन् । उनले वाम गठबन्धन मधेस मुद्दामा गम्भीर रहेको पनि बताए ।

मधेसको मुद्दा समेटेर संविधान संशोधन गर्न वाम गठबन्धन तयार रहेको नेता यादवको भनाइ छ ।

मधेसी दललेसमेत नयाँ सरकार गठनमा सहकार्य गर्नुपर्ने भन्दै उनले मधेसी दल र वाम गठबन्धनबीच सहकार्य भएर सरकार गठन गर्दा मधेस मुद्दा सम्बोधन गर्न सजिलो पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्