Logo

राष्ट्रियसभामा अपांग कोटाबाट उम्मेदवारी दिएका थापाविरुद्ध पन्थको उजुरी



१३ माघ, पोखरा । राष्ट्रियसभाको निर्वाचनमा अपांग कोटाबाट उम्मेदवारी दिएका एमाले नेता रामबहादुर थापाविरुद्ध उजुरी परेको छ । स्याङ्जाका थापाविरुद्ध उनीसँगै प्रतिस्पर्धामा रहेका प्रकाश पन्थले उजुरी गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको उजुरीमा थापाको अपांगता परिचयपत्रमाथि प्रश्न उठाउँदै उम्मेदवारी बदरको माग गरिएको छ ।

०५७ मा लिएको अपांगता परिचयपत्र थापाले पेस गरेको र पछिल्लो निर्देशिका अनुसारको नयाँ कार्ड नभएकाले पुरानोको मान्यता नहुने दाबी उजुरीमा गरिएको छ । स्याङ्जा जिविसका पूर्वसभापति थापालाई द्वन्द्वकालमा माओवादीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो ।

उजुरीका बारेमा शनिबार निर्वाचन आयोगले अन्तिम निर्णय गर्नेछ । आयोगले सबै कागजात केन्द्रमा पठाएको छ ।



प्रतिक्रिया दिनुहोस्