Logo

धनुषामा टाटा सुमो दुर्घटना, ६ जनाको ज्यान गयो



काठमाडौँ, १३ माघ । काठमाडौंबाट झापा जान लागेको टाटा सुमो आज बिहानै दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने अन्य चार जना घाईते भएका छन्।

काठमाडौंबाट झापाका लागि छुटेको बा ९ च ३३१४ नम्बरको टाटा सुमो आज बिहान ३ बजेतिर धनुषाको गणेशमान चारनाथ -८ पोर्तहा भन्ने ठाऊँमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा विराटनगरका शारदा रेग्मी दाहाल, खोटाङ निर्मलडाँडाका ज्ञानबहादुर चौहान, मोरङका बलराज न्यौपाने, मोरङ लेटाङ ८ का खेमकुमार रानामगर, पाँचथर रवि छ का प्रनिता राई, संखुवासभा धर्मदेवी वडा न ९ का नयाराज जिमी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

४ जना घाइतेमध्ये संखुवासभाका छत्रबहादुर जिमीको अवस्था गम्भीर रहेको रहेको धनुषाका एसपी चक्रबहादुर सिंहले जनाकारी दिए। उनका अनुसार घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

११ जना यात्रु बोकेको सुमो दुर्घटनापछि पोखरीमा ढुबेको थियो। पोखरीमा डुबेका कारण पानी खाएर ६ जनाको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ। अन्य यात्रु भने गाडीको सिसा फोडेर बाहिर निस्किएका थिए।



प्रतिक्रिया दिनुहोस्