Logo

प्रचण्डको देउवालाई चूनौति : तपाईका निर्णय उल्टाईन्छ



चितवन, १३ माघ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले काम चलाउन सरकारको परिधि भन्दा बाहिर रहेको कयौँ निर्णयहरु जनमत प्राप्त नयाँ सरकारले उल्टाउने सकेत गरेका छन् ।

प्रेस सेन्टर चितवन शाखाद्धारा भरतपुर विमान स्थल आयोजित पत्रकार सम्मेलन बोल्दै प्रचण्डले भने, ‘सबै उल्टाउने भन्ने त हुदैन् उनले भने औचित्यको आधारमा सहि छन्, दिर्घकालिन असर पर्ने खालको छ वा छैन्, त्यो हेरेर नयाँ जनमत प्राप्त सरकारले उल्टाउछ । ’

प्रचण्डले दिर्घकालिन असर गर्ने निर्णय नगर्न देउवा सरकारलाई सुझाव दिए ।सरकारप्रति केपी ओलीले दिएको धारण वामगठबन्धन कै संयुक्त धारण भएको समेत प्रष्ट पारे ।

उनले सोही अवसरमा बोल्दै फागुनको दोश्रो हप्ता भित्रमा नयाँ सरकार बन्ने दावी पनि  उनले गरे । ‘राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै निर्वाचन आयोगले समानुपातिको सूचि बुझाउने भएको हुदाँ फागुनको दोश्रो साता मात्रै सरकार बन्छ ।’

 



प्रतिक्रिया दिनुहोस्