Logo

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा नर्सहरुका लागि प्रशिक्षण शुरु



काठमाडौं, १३ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी सघनउपचार नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।

नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसन सँगको सहकार्यमा संचालित तालिममा बिभिन्न चरणका छनौट परिक्षा पास गरेर आएका २० जना नर्सहरुको सहभागिता रहेको छ ।

चरणवद्ध रुपमा संचालन हुने चार महिनालामो यस प्रशिक्षणबाट सघन उपचार नर्सिङ प्रशिक्षकका रुपमा सर्टिफिकेट प्राप्त गर्नेछन् । यसरी सर्टिफिकेट पाएका नर्सहरुले देशभर सघनउपचार नर्सहरुकालागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी असिस्टेन्ट नर्सिङ डाइरेक्टर तथा नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी केसीले जानकारी दिनुभएको छ ।

त्रिबि शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलिले पहिलो ब्याचमा १० जना नर्सलाई नर्स एजुकेटर तालिम दिएका थिए ।
सघन उपचार कक्ष अर्थात आईसियूका विभिन्न लेभल हुन्छन् ।

लेभल १, लेभल २ र लेभल ३ । यिनिहरुमध्ये लेभल ३ मा सबैभन्दा जोखिममा रहेका बिरामीहरुको उपचार गरिन्छ । आइसियूमा एउटा बिरामीलाई एउटा नर्सको आवश्यकता पर्छ र आईसियूभित्र नै एउटा कन्सल्ट्यान्ट डाक्टर समेत चाहिन्छ । तर, नेपालका अधिकांस अस्पतालहरुमा त्यस्तो व्यवस्था गर्न सकिएको अबस्था छैन ।

नेपालमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउन नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसन सँगको सहकार्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले समय समयमा पुनर्ताजगि तालिम र क्रिटिकल केयरबारे सचेतना फैलाउने काम समेत गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्