Logo

यस्तै गरिरहे देउवा नै बर्बाद हुन्छन : वामदेव गौतम



काठमाडौँ,१३ माघ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले राष्ट्रियसभाको निर्वाचन यही सरकारले गर्नुपर्ने बाध्यता नरहेको दाबी गरेका छन् । उनले कांग्रेसले सत्तामा रहिरहन संविधानको अपव्याख्या गरेको समेत आरोप लगाए ।

शनिबार राजधानीमा आयोजित अखिल नेपाल महिला संघको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। काँग्रेसले राष्ट्र र जनताविरुद्ध षड्यन्त्र गरेको उनको गम्भिर आरोप छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता गौतमले संविधानको गलत व्याख्या गर्दै कांग्रेसले निर्वाचन आयोगलाई हतियार बनाएर सत्ता लम्ब्याउने काम गरेको ठोकुवा गरे ।

गौतमले नयाँ जनमत आईसकेको र अब बाहिरिन लागेको सरकारले सत्ता लम्ब्याउँदै सत्ता, शक्ति र राज्यको दुरुपयोग गरि राज्य कोष रित्याएर राष्ट्र र जनता विरुद्ध षडयन्त्र गरेको आरोप लगाए ।

जति लामो समय सत्तामा बसिरह्यो त्यत्तिकै नेपाली काँग्रेस जनतामाझ नाङ्गो हुदै जाने र त्यसले देश बरबाद नभई अन्ततः कांग्रेस र स्वयम प्रधानमन्त्री शेरबहादुर देउवा नै बरबाद हुने ठोकुवा उपाध्यक्ष गौतमले गरे ।



प्रतिक्रिया दिनुहोस्