Logo

भारतको गणतन्त्र दिवसमा सांस्कृतिक कार्यक्रम आयोजना, राष्ट्रपतिदेखि ओलीसम्मको उपस्थिति (फोटोफिचर)



काठमडौँ, १३ माघ : भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालका लागि भारतीय दूतावास, काठमाडौँ र इन्डियन कल्चरल सेन्टरद्वारा यहाँ आज आयोजित सो समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

त्यस्तै समारोहमा नेकपा (एमोल) का अध्यक्ष केपी शर्मा ओली, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुखलगायतको उपस्थिति थियो । कार्यक्रममा भारतीय कलाकारले हिन्दी र नेपाली गीत प्रस्तुत गरेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्