Logo

ओली र प्रचण्डलाई रिजालले दिए यस्तो चेतावनी



काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले लोकप्रिय काम गरिरहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारेका छन् ।

आईतबार भक्तपुरमा पत्रकारहरुसँग बोल्दै उनले बाम गठबन्धनका नेताहरुले वर्तमान सरकारले गरेका राम्रा कामहरुको बारेमा विरोध जनाएर गलत गरिरहेको बताए ।

उनले सरकारका पछिल्ला निर्णय चित्त नबुझे नयाँ बन्ने सरकारलाई खारेज गर्ने अधिकार रहेको भन्दै अहिले विरोध नगर्न चेतावनी दिए । उनले पार्टीको विधान नै परिवर्तन गर्नुपर्ने भएको भन्दै उनले आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी जिम्मा लगाउनुपर्ने बताए ।

कार्यकर्ताभन्दा आमजनतामा आधारित पार्टीका रुपमा कांग्रेसलाई रुपान्तरित गर्नुपर्ने पनि उनले बताए । कांग्रेस अब प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निभाउने पनि रिजालको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्