काठमाडौं, मंसिर १४ : शिवम् न्यु डायमण्ड एकेडेमीको आयोजना तथा शिवम् सिमेन्टको मुख्य प्रायोजनमा प्रथम शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ।
प्रतियोगिता माघ २१ देखि २३ गते सम्म संचालन हुने छ । लिगकम नकाउटका आधारमा खेलाईने प्रतियोगिताका सहभागि ६ टिमलाई दुई समूहमा बिभाजन गरिने छ । ढोरपाटन महिला डबल लिगको १३ औ सस्करणका उत्कृष्ट ६ स्थान हासिल गर्ने टिमले प्रथम शिवम् न्यु डायमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि अनुमति पाउने छन् ।
न्यु डायमण्ड एकेडेमी र शिवम् सिमेन्टबीच भएको एक वर्षे सम्झौता अनुसार शिवम् न्यु डायमण्ड कप का लागि मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्टले ५ लाख उपलब्ध गराउने भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार, द्धितिय पुरस्कार १ लाख १ हजार,तृतिय पुरस्कार ५१ हजार तथा चौथो पुरस्कार २१ हजार रहेको छ । त्यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी १० हजार नगद र आर्कषक ट्रफ्रि प्राप्त गर्ने छन् ।
बिधागततर्फ उत्कृष्ट स्पाइकर , उत्कृष्ट सेटर, उत्कृष्ट ब्लककर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर र उत्कृष्ट डिफेन्डरले जनहि ५ हजार, ट्रफि प्राप्त गर्ने छन् । प्रतियोगिताको पुरस्कार तर्फ जम्माः– ३ लाख ६४ हजार खर्च हुनेछ।