Logo

डिभोर्स लगत्तै मनोज गजुरेल खाडी मुलुक जाँदै



१५ माघ काठमाण्डौ । हाँस्य कलाकार मनोज गजुरेल खाडी मुलुकको यात्रामा जाने भएका छन् । तर उनी कामदारका रुपमा नभै कलाकारका रुपमा प्रस्तुति दिन लागेका हुन् ।

दुई हास्य व्यंग्य र योगसहितको जनचेतनामुलक कार्यक्रम थोपा हाँसो लिएर सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघको आयोजनामा गजुरेलसहितको टोली युएई, कतार र मलेसिया यात्रामा जान लागेको हो ।

अभियान अन्तर्गत गजुरेलसहितको टोलीले युइईमा मात्रै पाँचवटा कार्यक्रम गर्नेछ । १ फेब्रुअरीमा अबुधावीबाट सुरु हुने गजुरेलको दुबई यात्रा दुई तारेखमा अलऐन, तीन तारेखमा सारजहाँ, चार तारेखमा दुबई र पाँच तारेखमा फुजेरामा पुग्ने बताइएको छ ।

उक्त कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नाङ्गे, योग गुरु डा.राजु अधिकारी, व्यंग्य कवि टंक आचार्य सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्