Logo

प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीता हुने



काठमाडौं, १५ माघ । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो नेपाल शाखाको सकृय सहभागीतामा खेलकुद क्षेत्रको बिकास , खेलाडीरुलाई प्रोत्साहन तथा खेलाडीको स्तरउन्नतीका लागी बिभिन्न कार्यक्रमको आयोजना गर्दे आएको छ ।

यसै क्रममा आगामी २०७४ फाल्गुन २४ र २५ गते नारी दिवसको अवसरमा खेलाडीको स्वाभिमान नारी प्रतिको सम्मान भन्ने मूल नाराका साथ प्रथम एभरेष्ट आमन्त्रण उपत्यकाव्यापी तेक्वान्डो प्रतियोगीताहुने जानकारी गराउदछौ ।

प्रतियोगीतामा तेक्वान्डोतर्फ बिभिन्न तौल समूहमा महिला तथा पुरुषले सहभागीता जनाउन सक्नेछन् । त्यस्तै पुम्सेतर्फ बेल्ट अनुसार पुरुष र महिलाको सहभागीता रहने छ । प्रतियोगीतामा समूह बिजेता तर्फ बिजयी हुने पुरुष तथा महिला टिमलाई २०–२० हजार नगद , शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ ।

दोश्रो हुने टिमलाई १५ हजार तथा तृतिय हुने टिमलाई १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै बेष्ट फाइटर महिला तथा पुरुष खेलाडीलाइ ५–५ हजार र पुम्सेतर्फ उत्कृष्ठ महिला तथा पुरुष खेलाडीलाई ५–५ हजार प्रदान गरिने छ ।

प्रतियोगीताको समापन समारोहमा पूर्व खेलाडीहरुलाई सम्मान कार्यक्रम राखिएको छ । सबै प्रतियोगीता ललितपुरको भैसिपाटी स्थीत गोलपोष्ट स्पोर्टस एण्ड ट्रेनिङ सेन्टरमा हुने छ ।



प्रतिक्रिया दिनुहोस्