Logo

अनिश प्रतिष्ठानले भन्यो : आर्थिक हिनामिना भएको छैन



काठमाडौं, १६ माघ । बैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरुलाई परेका अफ्ठयोमा साथ दिने उद्देश्यले स्थापना गरिएको अनिस प्रतिष्ठानले आफ्ना आर्थिक गतिविधि सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरेर स्वच्छ पारदर्शीताका आधारमा प्रतिष्ठानलाई अघि बढाउनको लागि पत्रकार सम्मेलन गर्नुपरेको संस्थाका अध्यक्ष रामरतन राईले जानकारी दिए ।

अनिस खालिङ राईको बचाउ अभियानमा प्रतिष्ठानले ३ करोड २९ लाख ९३ हजार ६०९ रुपैया संकलन गरेको जानकारी दिएको छ । उक्त रकम मध्ये ८० लाख ५९ हजार ९५० रुपैयाँ बैदेशिक प्रवद्र्धन बोर्डमा जम्मा गरिएको प्रतिष्ठानका अध्यक्ष राईले बताए ।

संस्थाले अनिस बचाउ अभियानमा १३ लाख १६ हजार ५२९ रुपैयाँ खर्च गरेको थियो । उनको पुनःस्थापनाको लागि एकमुष्ट २५ लाख रुपैयाँ हस्तान्त्रण गरेको बताएईको छ ।

संस्थाले साउदीमा ट्रिपर दुर्घट्ना गरेको आरोमा मृत्युदण्डको सजाय सुनाईएका रोल्पाका दिलबहादुर घर्तीलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । त्यस्तै बोनम्यारो पीडित सोलुखुम्बुका रुद्र कुलुको उपचारार्थ १ लाख हस्तान्तरण गरेको संस्थाले बताएको छ ।

संखुवासभाका रमेशप्रसाद तिमिल्सिनाको उपचारको लागि २५ हजार, साउदीमा कार्यरत रहेकै अवस्थामा ज्यान गुमाएका दार्चुलाका पुरनसिँह धामीको लागि १५ हजार हस्तान्तरण गरेको जानकारी दिईएको हो।

पछिल्लो समयमा साउदीको जेलमा सजाय भोगि रहेका ईलामका ३१ वर्षिय प्रेमबहादुर राईको रिहाईका लागि रु. १ लाख १ सय ११ रुपैयाँ सहयोग गर्ने संस्थाका अध्यक्ष राईले विश्वास दिलाए ।

उनले सामाजिक सञ्जालमा अनिस बचाउ अभियानको क्रममा आर्थिक हिनामिना भएको भन्ने भ्रमलाई चिर्नको लागि पत्रकार सम्मेलन गर्न आफूहरु वाध्य भएको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्