Logo

ओलीले राष्ट्रपतिमा विद्या भण्डारीलाई दोहोर्याउने भनेपछि बैठकमै यसरी पड्किए झलनाथ खनाल, माधव नेपाल ‘साईलेन्ट’



काठमाडौं, १६ माघ । नेकपा एमालेभित्र राष्ट्रपति नयाँ बनाउने कि अहिलेकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

मंगलबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्ने प्रस्ताव राखेपछि बैठकमा उपस्थित बरिष्ठ नेता झलनाथ खनालले ठाडै अस्विकार गरेका थिए । उनले एकै व्यक्तिलाई दोहोर्याउन नहुने अडान लिए ।

खनालले आफूलाई राष्ट्रपतिको दाबेदारको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । बैठकमा ओलीले भण्डारीलाई नै पूनः दोहोर्याउने प्रस्ताव गर्न नपाउँदै उनले त्यसको विरोध मात्रै गरेनन् । निर्णय नगर्दासम्म सशक्त प्रतिवाद गर्नेसम्मको संकेत दिएको स्रोतको दाबी छ ।

तर ओलीको उक्त प्रस्तावबारे अर्का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल भने मौन देखिएका थिए । उनी यसबारेमा साईलेन्ट बसेको स्रोतको दाबी छ।

ओलीले यसअघि नै कम्तिमा राष्ट्रपतिले पाँच वर्ष चलाउन पाउनुपर्ने आफूहरुको मान्यता भएकोले अहिलेको राष्ट्रपति भण्डारीलाई दोहोर्याउने धारणा सार्वजनिक गरेका थिए ।

त्यस्तै आजको बैठकले प्रदेशका मुख्यमन्त्रीमा सर्वसम्मती नभए चुनावबाट तय गर्ने निर्णय गरेको एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए । मुख्यमन्त्रीका दावेदारहरुबीच सर्वसम्मतीमा निर्णय नभए प्रदेशसभामा पार्टीबाट निर्वा्चित सांसदहरुले संसदीय दलको बहुमतबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्