Logo

प्रधानन्यायाधीश पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै अधिवक्ता भण्डारीद्धारा सुरक्षा माँग



काठमाडौं, १७ माघ : प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय निवेदन दिएका छन्।

प्रधानन्यायाधीशबाट आफ्नो ज्यानमा ‘खतरा’ भएकाले सुरक्षा माग्दै बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन्। त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीबारे प्रश्न उठाएपछी अदालतले लगाएको अवहेलना मुद्दामा वहस पैरवी गरेकोमा प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस्