Logo

एमाले प्राईभेट कम्पनीजस्तै हो, समृद्धिको सपना देख्नु भ्रम हो : थापा



बुटवल, १७ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा एमाललाई प्राईभेट कम्पनीको संज्ञा दिँदै उसको नेतृत्वमा संमृद्धिको सपना देख्नु भ्रम मात्रै भएको स्पष्ट पारेका छन् ।

बुधबार बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले एमाले प्राइभेट कम्पनी जस्तै भएकाले माओवादी केन्द्र मिसिएर पनि तात्वीक फरक नपर्ने जिकिर गरे ।

माक्र्सवाद, लेनिनवाद र माओवादीका झण्डा खोलेर डमरु बजाउदै एमाले माओवादीहरु कांग्रेसकै बाटोमा आएको उनको दाबी छ । कांग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडी बढ्न नसक्ने थापाले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्